मृत भेटिइन् सुत्केरी
६ असार धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । उनको १६ दिनको शिशु (छोरा) भने सामान्य अवस्थामै भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घर नजिकै तुलसी नाथ मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुलेको बताए ।उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको बताउँदै घटनास्थल सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।