त्रिभुवन राजपथ २ दिन बन्द हुने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १० २०८२
1.6K
SHARES

१० असार हेटौँडा । त्रिभुवन राजपथ सडकखण्ड २ दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिने भएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याइने भएकाले दुई सडक आवागमन बन्द हुने भएको हो । सडक दिउँसो १२ बजेदेखि ४ (चार घण्टा) सम्म बन्द गरिनेछ ।

nn