त्रिभुवन राजपथ चार घण्टा बन्द हुने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १३ २०८२
1.6K
SHARES
१३ असार काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड बन्द हुने भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड मर्मत कार्य हुने भएकाले बाटो बन्द हुने प्रहरीले जनाएको छ ।
“लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउने कार्य गरिने भएको छ,” प्रहरीले भनेको छ, “उक्त कार्यका लागि मिति शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट