पोखरा-जोमसोम हवाई उडान २ महिनासम्मका लागि बन्द


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
1.5K
SHARES

१३ असार काठमाडौं । निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई उडान २ महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । तारा एयर र समिट एयरले यो रूटमा उडान भर्दै अाएका छन्।

वर्षात् शुरू भएसँगै यो रूटमा हवाइ यात्राका लागि अाउने पर्यटकको संख्या सीमित भएकाले असार २० गतेदेखि समिट एयरले उडान बन्द गर्ने घोषणा गरेको छ। जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले २ महिनाका लागि हवाई उडान बन्द गर्ने निर्णय भएको बताएका छन् ।असार २ गतेदेखि नै सेवा बन्द गरेको तारा एयरले आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।