यी चार जिल्लामा आज बाढीको जोखिमको सम्भावना उच्च
२९ असार काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार २९) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन संखुवासभा, दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, बागलुङ, बाजुरा, सुर्खेत, बैतडी, डोटी र बझाङ भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ ।
