तुइन चुँडिएर महाकालीमा खसेका युवक बेपत्ता, खोजी कार्य जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
1.4K
SHARES

३१ असार कैलाली । महाकाली नदीमा तुइन चुँडिएर एक युवक बेपत्ता भएका छन्। दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो तुइनमार्फत महाकाली नदी तर्दै गर्दा नदीमा खसेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।दिउँसो करिब १२ बजे भारततर्फ जाँदै गरेका बुढाथोकी चढेको तुइन अकस्मात चुँडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी कार्य थालेको छ। तर, बुढाथोकीको अवस्थाबारे केही थाहा हुन सकेको छैन।दार्चुलाका सीमावर्ती बस्तीहरूमा अहिले पनि तुइनकै भरमा नदी पार गर्ने जोखिमपूर्ण बाध्यता छ।