मनोज गजुरेल समूहकाे ‘गाईजात्रा’ साउन २३ गतेबाट


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३२ २०८२
1.7K
SHARES

३२ असार काठमाडौँ । हास्यकलाकार मनोज गजुरेल समूहले यस वर्षको गाईजात्रे प्रस्तुति साउन २३ गतेबाट सुरु गर्ने भएको छ ।  ‘८२ सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम प्रज्ञा भवन कमलादीमा आयोजना हुनेछ । कलाकार गजुरेलले सामाजिक सञ्जालमा एक पोष्टर सार्वजनिक गर्दै कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।

कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सिता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी , कल्पना खतिवडालगायत कलाकारको रूपमा रहनेछन् ।

गजुरेलले २०८० बाट सालको नाम राखेर गाईजात्रा कार्यक्रम गर्दै आएका हुन् । विगतका वर्ष झैँ यो वर्ष पनि गाई जात्रा विषेश हुने बताइन्छ । गाइजात्रा २७ गतेसम्म सञ्चालन हुनेछ ।