चलचित्र ‘मैझारो’को छायांकन सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.4K
SHARES

१ साउन काठमाडौं । चलचित्र ‘मैझारो’को छायांकन सुरु भएको छ । पूर्वीपहाडी जिल्ला इलामबाट सिनेमाको छायांकन सुरु भएको हो । अभिनेता विल्सन विक्रम राईको निर्देशनमा आजबाट सुरु भएको ‘मैझारो’को छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा हुनेछ ।

चलचित्रले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई समेट्नेछ । चलचित्रमा कथा, पटकथा र निर्देशन राई स्वयंको छ । चलचित्रमा धिरज मगर, मिरुना मगर, दीया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरुङलगायत कलाकारको मुख्य भूमिका छ ।