भीरबाट लडेर मृत्यु
२ साउन रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । भलिबल खेलेर रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट साथीसँग घर फर्कने क्रममा बाँफिकोट–२, मुरापाखा डाँडाबाट लडेर बाँफिकोट–१ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।
उनी बिहीबार (साउन १) साँझ भीरबाट लडेर गम्भीर घाइते भएका थिए । प्राथमिक स्वास्थ्यचौकीमा उनको सामान्य उपचार गरिएको थियो । त्यसपछि जिल्ला अस्पताल पठाइएकामा चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताए ।