‘मितज्यू’मा सौगातको प्रवेश
९ साउन काठमाडौं । सौगात मल्ल चलचित्र ‘मितज्यू’मा अनुबन्ध भएका छन् । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यू’मा सौगात अनुबन्धित भएका हुन् ।
चलचित्रमा यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् । सौगातको आगमनसँगै चलचित्रको लाइनअप बलियो देखिएको छ । सौगात र दयाहाङमा को मुख्य कलाकार हो त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन ।
चलचित्रमा कथा महेश राईले लेखेका छन् । निर्माता जनक घर्ती मगर छन् । निर्माण पक्षका अनुसार यो सिनेमा चैत २७ गते प्रदर्शनमा आउनेछ ।