त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्तव्यस्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२
1.5K
SHARES

१९ भदौ काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अस्तव्यस्त भएको छ । यसले हजारौँ यात्रु मर्कामा परेका छन् । फ्रिक्वन्सी बिग्रिएको कारण यस्तो समस्या भएको विमानस्थलले जनाएको छ ।विमान कम्पनीहरुले भने आफूहरुको उडान हुन नसकेको बताएका छन् तर विमानस्थलले केही ढिलाइमात्रै भएको बताएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार टावरमा समस्या आएका कारण केही उडानमा ढिलाइ भएको बताए ।तर एक विमान कम्पनीका सञ्चालकले बाह्रखरीसँगको कुराकानीमा भने–बिहानैदेखि समस्या आएको हो । हाम्रा सबै उडान निकै अस्तव्यस्त भएका छन् ।”

विमानस्थल प्रवक्ता रिन्जी शेर्पाले पनि टावरमा समस्या आएका कारण यस्तो भएको बताए ।उनले भने, “टावरमा टेक्निकल समस्या आएका कारण केही ढिलाइ भएको हो, सबै उडान ठप्प भएका चाहिँ होइनन् । टावरमा समस्या आएको हुनाले पूर्ण काम हुन नसकेको हो । फूल फ्लेजमा काम हुन नसकेको हो । पूर्णरुपमा उडान भर्न नसकिएको हो ।”उनले अहिले आधा घण्टादेखि उडानमा समस्या नभएको बताउँदै समस्या समाधानको चरणमा रहेको बताए ।