कमजोरीप्रति माफी माग्छु : गगन थापा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
1K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार (भदौ २६) सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

“बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला,” उनले भनेका छन् ।उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने वाचा गरेका छन् । “बीचमा हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु । सच्याउँछौँ । तर, अहिलेको यो अवस्थालाई सम्हालने कुरामा अनुरोध गर्छु,” उनले भनेका छन् ।

उनले ‘जेनजी’को आक्रोशप्रति पनि माफी मागेका छन् । “म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु,” उनले भनेका छन् ।

थापाले यही भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफी मागेका छन् ।उनले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि आफूले दबाब सिर्जना गर्दा पनि केही हुन नसकेको बताएका छन् । शीर्ष तीन नेता नहटाए अब देश चल्दैन भनेर आफूले भन्दै आए पनि त्यसानुसार हुन नसकेको उनले उल्लेख गरेका छन् ।