कांग्रेस, एमाले, माओवादीका युवा सांसद छलफलमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
2.1K
SHARES

२६ भदौ काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका सांसद छलफलमा जुटेका छन् । जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने कुरा गलत भएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने गरी सांसदहरू छलफलमा जुटेका हुन् ।

कांग्रेस सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, रामहरि खतिवडा, एमाले सांसदहरू योगेश भट्टराई, सूर्य थापा, ठाकुर गैरे, माओवादी सांसदहरू माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदी लगायतबीच छलफल भएको हो । उनीहरू भर्चुअल माध्यमबाट छलफलमा जुटेका हुन् ।

“संवैधानिक बाटोबाटै गर्नुपर्छ । जंगी अड्डाबाट प्रधानमन्त्री बनाउने विषय गलत छ । संयुक्त वक्तव्य निकालौँ भनेर युवा सांसदहरूबीच छलफल गरिरहेका छौँ । निर्णय भइसकेको छैन,” छलफलमा सहभागी एक सांसदले भने ।