संविधान भित्रैबाट जेनजीकै प्रस्तावमा अन्तरिम सरकार गठन गरौँ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
1.6K
SHARES

२६ भदौ काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता श्रेष्ठले वर्तमान संविधान र संवैधानिक प्रक्रियालाई नै पक्रेर जेनजी कै प्रस्ताव र सहमति अनुसारको अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका हुन् । उनले वर्तमान राजनीतिक रिक्तता र संक्रमणकाल लम्बिन नहुनेमा जोड दिँदै जेनजीको मागलाई व्यवहारमा लागू गर्ने प्रक्रियामा अघि बढ्न सबैले सहमति निर्माण गर्नुपर्ने बताए ।

उनले आन्दोलनकारीहरूको मुद्दालाई सम्बोधन गर्ने गरी र संविधान तथा लोकतन्त्रबाट विचलित नहुने गरी राष्ट्रिय सहमतिका साथ टुङ्गोमा पुग्नुपर्ने बताए ।

narayan