पार्टीको नयाँ भव्य भवन छिट्टै बनाइन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ३१ २०८२
1K
SHARES

३१ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड पार्टीको काममा फर्किएका छन्। क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि धेरै क्षति पुगेको भन्दै अब छिट्टै नयाँ भवन बनाउने बताए। उनले भने, ‘पार्टी कार्यालयमा ठुलो क्षति भएको देख्यौँ। तर पार्टीको माइन्युटहरु बचेको भन्ने कुरा सुनेँ। केही कम्प्युटर र लाइबेरी पनि बचेको रहेछ।

त्यो बचाउन भूमिका खेल्ने साथीहरूलाई धन्यवाद दिन्छु। युवा साथीहरूले दुई दिनमै सफाइ गरिसक्नुभएको रहेछ। क्षति पुग्यो अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टीपंक्तिको सहयोगमा बनाइनेछ।’ भदौ २३ र २४ को जेनजी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड सेनाको सुरक्षामा थिए।