चिनियाँ राजदूतले गरे प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
1K
SHARES

२ असोज काठमाडौं । नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार (असोज २) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले भेट गरेका हुन् । प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा खुसी व्यक्त गर्दै चिनियाँ राजदूतले बधाई र समर्थन प्रदान गरेको जनाएका छन् ।

“हामीले विचार आदानप्रदान गर्‍यौँ र हाम्रो मित्रता र सहयोगलाई अझ प्रवद्र्धन गर्न सहमत भयौँ,” राजदूत सोङले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।