माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ८ २०८२
1.5K
SHARES

८ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।  भोलिदेखि सुरू हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डा तय गर्न बैठक बसेको हो  माओवादी मंसिरमा विशेष महाधिवेशनको तयारीमा जुटेको छ।

असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गर्ने र विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए। आजको स्थायी समिति बैठकले उक्त प्रस्तावसमेतलाई एजेन्डाका रुपमा अगाडि बढाउने छ।