ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १२ २०८२
2.6K
SHARES

१२ असोज काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।

गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।