ज्योतिषीले भने जस्तै मेरा विगतका मन्तव्य भए – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
3.2K
SHARES

२४ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विगतका मन्तव्य ज्योतिषीले भनेजस्तै ठ्याक्कै मिल्दै गएको दाबी गरेका छन् । काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताउँदै राष्ट्रको स्वाधिनतामा जोड दिए ।“विगतका आफ्नै मन्तव्य सुन्दा ज्योतिषीले भनेजस्तो भएको छ,” उनको टिप्पणी थियो ।

“अब राष्ट्रिय सहमतिबाट चुनावमा जानुपर्छ । अहिले पनि अहंकार गरेर एकले अर्कालाई दोषारोपण गरियो भने जनता र राष्ट्रको लागि दुर्भाग्य हुन जान्छ,” उनको भनाइ थियो । उनले तीन पार्टीका तीन नेता उस्तै भन्ने भाष्य नै गलत भएको टिप्पणी गरे ।

“राष्ट्रिय सहमति कायम गरेर जाऔँ । एउटा भाष्य बनेको देख्दा चित्त दुखेको छ । तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने भाष्य बनाइएको छ । हामीलाई चित्त पनि दुखेको छ,” उनले भने, “सरकारमा हुँदा दलाल भत्काउने पनि र संविधान मिचेर सरकार बनाउने पनि उस्तै हुन्छन् ? ”उनले नेतृत्व छोड्न तयार भएँ भन्ने र नेतृत्व ज्यान जाला छोड्दिन भन्नु उस्तै हो त ? भनी प्रश्न पनि गरेका थिए ।