अरु नेतालाई जस्तो मलाई सेनाले उद्धार गरेको होइन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
1.4K
SHARES

२४ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु नेताजस्तो आफूलाई सेनाले उद्धार नगरेको स्पष्ट पारेका छन् ।  भदौ २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा अरु नेतालाई जस्तो आफूलाई सेनाले उद्धार गरेको नभइ आफू नै सेनाको सम्पर्कमा रहेको बताएका हुन् ।

“अरु सबै नेता सबैलाई नेपाली सेनाको अफिसरले आफैँले समातेर सुरक्षित राख्ने काम भयो,” उनले भने, “ प्रधानमन्त्रीलाई हेलिकोप्टरबाट नै उद्धार गरियो । ममात्रै त्यस्तो भएँ । मलाई कसैले लगेको पनि होइन । कसैले बोलाएको पनि होइन । सिंहरदरबारमा बस्दै थिएँ । सुरक्षा फोर्सले बाहिर जाने अवस्था छैन भनेपछि त्यहीँबाट प्रधान सेनापतिसँग सम्पर्क गरेर आफैँले सेनासँग सम्पर्क गरेर गएको ममात्रै रहेँछु अहिले ।”राष्ट्रपतिसँग दिनमा ३–४ पटक छलफल गरेर कसरी निकास निकाल्ने भनेर संवाद गरेको उनले स्मरण गरे । “प्रधान सेनापतिले नै बोलाएर राष्ट्रपतिले रातभर छलफल गरेको यहाँहरुलाई जानकारी नै छ,” उनले भने ।