‘जेनजी’का जायज माग सम्बोधन गरिनुपर्छ – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२
2.3K
SHARES

२८ असोज काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी’का जायज माग सम्बोधन गरिनुपर्ने बताएका छन् । मंगलबार (असोज २८) ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।

“जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ,” देउवाले भने । मुलुकप्रति जेनजीको चासो र चिन्ताको सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए । यस विषयमा केन्द्रीय समितिको बैठकमा छलफल गरिने उनले जनाए ।