मालपोत कार्यालय कास्कीमा आजदेखि सेवा सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
1.4K
SHARES

३० असोज गण्डकी । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा थालिएको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।

कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्णरूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजात डढेको उनले बताए ।