खोलामा डुबेर तीन बालिकाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ३० २०८२
1.7K
SHARES
३० असोज काठमाडौं । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् ।प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट