आपराधिक मानसिकताका व्यक्तिहरूले जेन-जी आन्दोलनलाई हिंसात्मक बनाए – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ३१ २०८२
1.8K
SHARES

३१ असोज काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरूले जेन-जी आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन् । ७०औँ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा अर्यालले जेन-जीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरूले सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठानलगायत, निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गरेको बताएका हुन् ।

प्रहरीमाथि भौतिक आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरणहरूको लुटपाटपछि नागरिक सहभागितामा भएको मर्मत र पुन:स्थापनाको प्रहरी नागरिक स्पन्दनमा बसेको संगठन भन्ने सत्य स्थापित भएको उनको भनाइ थियो ।

गृहमन्त्री अर्यालले सरकार सदैव प्रहरीको साथमा रहेकाले उच्च मनोबलका साथ नागरिकको चाहनाअनुसार काम गर्न निर्देशन दिए ।मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको र यसैको जगमा कानूनी शासन, मानवअधिकारको संरक्षण र अन्य विकासका आधारहरू निर्माण हुने गरेको उनको भनाइ छ ।