मलाई अध्यक्ष चाहिएको छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८२
2.5K
SHARES

१ कार्तिक काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गरे।

उनले भने, ‘कतिपयले अध्यक्ष छाड् छाड् भन्दैछन्, मलाई अध्यक्ष चाहिएको छैन। मैले यही कुरालाई मनन गरेर केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजक बनाएको हुँ। महाधिवेशनमा जस्तोसुकै त्याग गर्न तयार छु।’

उनले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूबिच एकताको तयारी भइसकेको बताए। उनले जेनजी युवाहरू आजको क्रान्तिकारी भएको बताए।