फागुन २१ मा चुनाव हुनेवाला छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८२
2.6K
SHARES

१ कार्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेको बताए।

उनले भने, ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे। यो चुनाव हुनेवाला छैन। त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ।’