मोहन वैद्यले दिए राजीनामा, सीपी गजुरेललाई महासचिवको जिम्मेवारी


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
1.1K
SHARES

२ कात्तिक काठमाडौं । पार्टी गठन गरेदेखि जिम्मेवारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्। उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन् । केही समयअघि आमा बितेर दाङमा पुगे पनि उनी बिरामी भएका कारण तत्काल काठमाडौं फर्केका थिए ।

महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। वैद्यले स्वैच्छिक राजीनामा दिएको सो पाटीका नेताहरूको भनाइ छ ।