लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम गरिँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
2K
SHARES

२ कार्तिक काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छानबिन आयोगले बोलाउँदा आफू लुरुलुरु नजाने बताएका छन् । आइतबार सम्पादकसँगको कुराकानीमा उनले बयानका लागि आफू नजाने बताएका हुन् ।

“केपी ओलीले सोझो छ भन्दैमा आयोगहरू जहाँ–जहाँ बनाउँदै, सोध्दै जान्छ । जसले बोलाउँदै जान्छ, त्यहाँ लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम हो ? त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै भ्रममा आफैँलाई धोका दिने काम ओलीले गर्दैन,” उनले भने ।

ओलीले आफूलाई पक्रनुपर्छ भन्नेले आयोगमा जिम्मेवारी पाएको बताए । आफूलाई थुन्न सकिन्छ भन्ने लाग्नु अपराध भएको बताए । “कतिपयलाई लाग्ला, केपी ओलीलाई थुन्न सकिन्छ । अपराध हो त्यो । गर्न सकिएला, परिणाम जे होला,” उनले भने ।