मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात
११ कात्तिक काठमाडौं । मौसममा फेरबलसँगै मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि एक विज्ञप्ति जारी गर्दै सचेतता अपनाउन आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि आज बिहानै एक सुचना जारी गर्दै भनेको छ– २०८२ कात्तिक १० गते रातको समयबाट वर्षात् सँगसँगै मुक्तिनाथलगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात परेको हुँदा उक्त क्षेत्रमा यात्रा गर्नुहुने यात्रुहरुले सतर्कता अपनाइ यात्रा गर्नुहुन साथ सम्पूर्ण सरोकारवालाहरुमा जानकारीको लागि अनुरोध गरिएको छ ।”