प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२
969
SHARES

१२ कात्तिक काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  रिट दायर भएका छन् । उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो ।