कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२
1.4K
SHARES

२१ कात्तिक काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, विनोद चौधरी, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, कल्याणी रिजाल, अनीलकुमार रुँगटा, धना खतिवडा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आआफ्नो धारणा राखेका थिए ।

बैठकमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुन:स्थापनालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा संस्थापन र संस्थापनइतर पक्षले आआफ्नै पक्षको पक्षपोषण गर्दै धारणा राखिरहेका छन् ।