अमेरिकाबाट थप ३५ जना नेपाल फर्काइए


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
1.8K
SHARES

४ मंसिर काठमाडौं । अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काले नेपाल प्रेसलाई जानकारी दिए । त्यस्तै चीनिया गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्धार गरेर नेपाल पठाएको खड्काले बताए । थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई ‘साइबर स्क्यामिङ’ को काममा लगाइएको थियो ।

अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको पाइएको छ । ३३ मध्ये १६ जना दाङका र १० जना रुकुमका रहेको खड्काले बताए । बाँकी २ जना विद्यार्थी र पर्यटक भिसामा गएर अवैधरुपमा बसेबापत जेल परेका थिए ।