शेयर बजारमा झिनो गिरावट


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२
2.3K
SHARES

२२ मंसिर काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा झरेर बन्द भएको हो।यो दिन नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक ०.६७ प्रतिशतको गिरावट देखिएको छ।

आज बजारमा ९९ वटा कम्पनीको शेयरभाउ बढ्दा १४७ वटाको घटेको छ। यो दिन १२ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।बजारमा आज ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।