यो साता ४.४२ अंकले बढ्यो सेयर बजार


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२
2.3K
SHARES

२५ मंसिर काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (मंसिर २५) सेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६६ अंकले घटेर परिसूचक २६०७.३७ मा बन्द भयो । तर, यो साता भने बजार ४.४२ अंकले बढेको छ ।साताको पहिलो दिन आइतबार (मंसिर २१) २६०२.९५ बिन्दुमा रहेको नेप्से परिसूचक आज २६०७.३६ मा बन्द भएको छ । यसअघि आइतबार २१.४८, सोमबार ३.०२ अंकले घटेको बजार मंगलबार भने ७.३९ अंकले बढ्यो ।

तर, यो वृद्धि एक दिनभन्दा बढी टिकेन । बुधबार यो फेरि ५.०३ अंक र बिहीबार १.६६ अंकले घट्न पुग्यो । यस दिन ३२६ कम्पनीको सेयर कारोबार भयो । ९८ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।

समूहगत कारोबारमा बैंकिङ, लाइफ इन्स्योरेन्स, उत्पादन, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै उपसूचक घटेका छन् ।

आज तीन अर्ब ४९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । अघिल्लो दिनको तुलनामा यो कम हो । बुधबार तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्यमा सकारात्मक सकिर्ट लागेछ । बुधबार सकारात्मक सर्किट लागेको मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक (८.४२) प्रतिशत घटेको छन्यादी ग्रुप पावर, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्को क्रमशः बढी मूल्यको कारोबार भएको छ ।