सुन तोलामै ३ हजार ५ सयले बढ्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २६ २०८२
2.3K
SHARES
२६ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर तोलामा २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट