भारतीय सरकार र CII को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै निकोलस पाण्डे भारत प्रस्थान
२६ मंसिर काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार श्री निकोलस पाण्डे भारतीय सरकार तथा Confederation of Indian Industry (CII) को औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत प्रस्थान गर्नुभएको छ।
उहाँले Purvodaya Perspectives 2025 अन्तर्गत आयोजना गरिएको‘Purvodaya & Indo-Pacific: Aligning Infrastructure, Trade and Economic Corridor’शीर्षक अन्तर्राष्ट्रिय सत्रमा विशेष अतिथि वक्ता (Guest Speaker) का रूपमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यो सत्र २०२५ डिसेम्बर १३ गते दिउँसो १४:०० बजे,
Swosti Premium Hotel, Bhubaneswar, Odisha (India) मा सम्पन्न हुनेछ।
सम्मेलनमा नेपालसहित भारत तथा विभिन्न मुलुकका कूटनीतिज्ञ, नीतिनिर्माता, प्रशासक तथा उद्योग विशेषज्ञहरूले
क्षेत्रीय संयोजन (Regional Connectivity),
पूर्वाधार तथा व्यापार कूटनीति,छिमेकी राष्ट्रहरूको नीति दृष्टिकोण,
वाणिज्य, यातायात तथा ऊर्जा करिडोरको विकास
जस्ता महत्वपूर्ण विषयमा आफ्ना मूल्यवान विचारहरू प्रस्तुत गर्नेछन्।
नेपालतर्फबाट श्री पाण्डेले पूर्वाधार, व्यापार करिडोर तथा द्विपक्षीय/क्षेत्रीय सहकार्यका अवसरहरू सम्बन्धी महत्वपूर्ण विचारहरू साझा धारणा बनाउन महत्वपुर्ण भुमिका रहनेछ।
नेपाल निर्माण व्यवसायी महासंघले यस उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागितालेनेपाल–भारत आर्थिक सहकार्य, पूर्वाधार विकास तथा क्षेत्रीय कूटनीतिक साझेदारी थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेको छ।
