भरुवा बन्दुक पड्कँदा युवकको मृत्यु
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस ६ २०८२
2.5K
SHARES
६ पुस ताप्लेजुङ । बारुद भरेका बेला भरुवा बन्दुक पड्कँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार (पुस ६) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
स्थानीय तिलोकसिंह लिम्बूको अलैँचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट