सहकारी बैंकमाथि राष्ट्र बैंकको कडाइ


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस ७ २०८२
2.2K
SHARES

७ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतपत्र प्राप्त ‘सहकारी बैंकका लागि निर्देशन, २०८२’ जारी गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी आइतबारबाट उक्त निर्देशन कार्यान्वयनमा ल्याएको हो । अब केन्द्रीय बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने इजाजतपत्र प्राप्त सहकारी बैंकको न्यूनतम चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने भएको छ ।

यस्ता सहकारी बैंकहरुले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी चार प्रतिशत र कुल पुँजी कोष ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार यदि कुनै सहकारी बैंकले तोकिएको न्यूनतम पुँजी कोष कायम गर्न नसकेमा नगद लाभांश वा बोनस सेयर घोषणा र वितरण गर्न पाउने छैनन् ।