पाँच दलले बुझाए समानुपातिक बन्दसूची


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १४ २०८२
1.9K
SHARES

१४ पुस काठमाडौं । पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सोमबार (पुस १४) मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको सूची बुझाएका आयोगले जनाएको छ ।

उमेदवारको सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल) छन् । बन्दसूची बुझाउन आयोगले आजसम्मको समय तोकेको छ । प्रमुख दल अझै आयोग पुगेका छैनन् ।