रन–वेबाट चिप्लियो बुद्ध एयरको विमान, सबै यात्रु सुरक्षित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १८ २०८२
3.2K
SHARES

१८ पुस काठमाडौँ । शुक्रबार बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ । काठमाडौँबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।

जहाजमा ५१ जना यात्रु रहेका थिए । विमानमा सवार यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।