२.४ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २५ २०८२
1.9K
SHARES

२५ पुस काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दो छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रबार (पुस २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष आजसम्मको मापनमा यो कम तापक्रम हो ।

सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार (पुस २४), बुधबार (पुस २३) र मंगलबार (पुस २२) पनि समान ३ डिग्री नै थियो । काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस २१) ३.५, आइतबार (पुस २०) ४ डिग्री थियो ।यस दिन बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –७.७ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम बिहीबार –८.१, बुधबार –६.२, मंगलबार –६.१, सोमबार र आइतबार समान –६.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

बिहीबार बिहान मनाङको हुम्दे केन्द्रमा न्यूनतम तापक्रम –९.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।शुक्रबार दिपायलको न्यूनतम तापक्रम १.४, डडेलधुराको १.५, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९, घोराहीको ५.२, ओखलढुंगाको ५.३, सिमराको ५.९, धनकुटाको ६.२, पोखराको ६.३, चन्द्रगढीको ६.५, भैरहवा र विराटनगरको समान ६.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।