३२ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २५ २०८२
2.1K
SHARES

२५ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकानुसार विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । ०८२ असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी मुद्रा सञ्चिति १९.६ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, हाल कुल ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ ।त्यसमध्ये अमेरिकी डलरको सञ्चिति २२ अर्ब १३ करोड छ । ०८२ असारसम्म अमेरिकी डलरको सञ्चिति १९ अर्ब ५० करोड थियो ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ छ । यस्तै, अरू बैंक तथा वित्तीय संस्थासँग तीन खर्ब ३५ अर्ब छ ।यसमा भारतीय मुद्रा २२.२ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांक छ ।