सोलु हाइड्रोपावरको आईपीओ खुल्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २९ २०८२
2K
SHARES

२९ पुस काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मंगलबार (पुस २९)देखि खुला भएको छ ।कम्पनीले पाँच लाख कित्ता सामूहिक लगानी कोष र तीन लाख कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।

कम्पनीले  यसअघि वैदेशिक रोजगारीमा रहेका तथा आयोजना प्रभावितका लागि सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।यसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछन् ।

निष्कासन बन्द छिटोमा माघ ४ र ढिलोमा माघ १४ गते हुनेछ कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड छन् ।