यी स्थानमा हुनेछ वर्षा


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १८ २०८२
2.4K
SHARES

१८ माघ काठमाडौ । आइतबार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।

कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।