लुम्बिनीमा भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०८२
2K
SHARES

२० माघ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा भोलि बिदा दिइएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ ।

सूचनामा भनिएको छ, ‘प्रदेश राजपत्र भाग ३, खण्ड ८ संख्या १४ मिति २०८१–१२–२१ गतेको सूचनाबमोजिम मिति २०८२–१०–२१ गते बुधबारका दिन प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको सूचना गराइन्छ ।’