डा. बाबुराम भट्टराईलाई पितृशोक


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २२ २०८२
1.7K
SHARES

२२ माघ काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

उनका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन भएको छ ।भट्टराईको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

भट्टराईको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिए ।भट्टराईका २ छोरा र २ छोरी छन् ।