अटोरिक्सा र टिपर ठोक्किँदा एकजनाको मृत्यु, पाँच घाइते


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२
1.9K
SHARES

२९ माघ दाङ  । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।  गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।

भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।