काठमाडौं आउँदै गरेको बस साँखुमा दुर्घटना


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२
1.4K
SHARES

२९ माघ काठमाडौं । जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् ।शंखरापुर नगरपालिका-३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटना भएको हो। जिल्ला

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाको विस्तृत विवरण आउन बाकी रहेको बताए । सामान्य घाइतेलाई पिपल्स लाईफ केयर हस्पिटल साँखु र गम्भीर घाइते भएकालाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।