पशुपतिमा शोभायात्रा


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २ २०८२
1.3K
SHARES

२ फागुन काठमाडौ । महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा शनिबार (फागुन २) शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो ।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो ।

महाशिवरात्रि भोलि (फागुन ३) हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढंगले दर्शन गर्न सक्ने व्यवस्था गरिएको र सरसफाइलगायत आवश्यक तयारी पूरा भएको जनाएको छ ।