अरुण नदीको बेलिब्रिज भाँचियो


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १६ २०८२
2.1K
SHARES

१६ फागुन विराटनगर । संखुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमा हालिएको बेलिब्रिज भत्किएको छ ।मकालु गाउँपालिकाको वडा नम्बर ५ र २ को सिमानास्थित नुम–सेदुवा भित्री सडक खण्डमा पर्ने अरुण नदीमाथिको बेलिब्रिज भत्किएको हो ।

बेलिब्रिज भत्किँदा ट्रक नदीमा खसेको छ । ट्रक अरुण नदीमा खस्दा ट्रक चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घाइते ट्रक चालक अर्जुन श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।